सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ।
दुर्घटनामा अरु दुई जना घाइते भएका छन्।
दुर्घटनामा काठमाडौँ महानगरपालिका– ३१ नयाँबानेश्वरका ४५ वर्षीया हेमा लामिछाने र ६० वर्षीय अच्चुत लामिछानेको मृत्यु भएको हो।
दुर्घटनमा कार चालक ५८ वर्षीय दीपक लामिछाने र २६ वर्षीया आस्था लामिछाने घाइते भएका छन्।
मृतक हेमा कार चालक दीपककी श्रीमती र अच्युत दाजु भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।
घाइते आस्था मृतक अच्युतकी छोरी हुन्।
विपी राजमार्गअन्तर्गत खोटाङ हलेसीबाट काठमाडौँतर्फ जाँदै गरेको बा१३च ३७९३ नम्बरको कार गए राति आफैँ अनियन्त्रित भई सडकबाट २०० मिटर तल सुनकोशी नदी किनारमा खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया