समाज


कालिकोटमा मलामीमाथि पहिरो : यी हुन् वडाध्यक्षसहित बेपत्ता भएका १३ गाउँले

कालिकोटमा मलामीमाथि पहिरो : यी हुन् वडाध्यक्षसहित बेपत्ता भएका १३ गाउँले

दिनेश बुढा
असोज २४, २०७९ सोमबार १२:१३, सुर्खेत

कालिकोटको तिलागुफा नगरपालिका ४ राँचुलीमा मलामी गएका १३ जना पहिरोमा पुरिएका छन्। 

आइतबार दिउँसो १ बजेतिर मलामी गएका उनीहरुमाथि तिलाकर्णाली नदीमा लाश जलाउने क्रममा पहिरो खसेको थियो।

पहिरोमा पुरिएर तिलागुफा नगरपालिका ४ का नवनिर्वाचित वडाअध्यक्ष परमबहादुर शाहीसहित १३ जना बेपत्ता भएका कालिकोटका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए।

आइतवार दिउँसोदेखि उनीहरु सम्पर्कमा नआएपछि खोजी गर्दा पहिरोमा पुरिएको खुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको तिलाकर्णाली नदीमा अन्तिम संस्कार चलिरहँदा त्यहाँ पुगेका मलामीमाथि पहिरो खसेको हो। 

तिलाकर्णाली नदीमा लाश जलाउँदै गर्दा खसेको पहिरोमा पुरिएर उनीहरु बेपत्ता भएको प्रहरी नायव उपरीक्षक रिमालले जानकारी दिए।

बेपत्ता हुनेहरुमा कालिकोट तिलागुफा नगरपालिका–४ राँचुलीका ४७ वर्षीय कालिबहादुर शाही, ६३ वर्षीय धनबहादुर शाही, ३१ वर्षीय क्षेत्रजंग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही छन्।

त्यसैगरी ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय भक्तबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५९ वर्षका परबहादुर शाही, २४ वर्षीय नरेश शाही र २३ वर्षीय प्रशान्त शाही पहिरोमा पुरिएर बेपत्ता भएका छन्।

बेपत्ता ५९ वर्षीय परमबहादुर शाही गत वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा विजयी वडाअध्यक्ष हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .