अहिले (मंगलबार बिहान) काठमाडौं उपत्यकालगायत आसपासका क्षेत्रमा मौसम पूर्ण बदली भएको छ अर्थात् आकाश पूरै बादलले ढाकेको छ।
तर समयपछि मौसम खुलेर जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्को अनुमान छ।
‘अहिले काठमाडौं उपत्यकालगायत आसपासका क्षेत्रमा मौमस पूर्ण रूपमा बदली भएको छ,’ मौसमविद् श्रेष्ठले नेपालखबरसँग भने, ‘तर केही समयपछि मौसम खुल्ने सम्भावना छ।’
यस्तै अहिले तराईका अधिकांश क्षेत्रमा हुस्सु/कुहिरो लागेको उनले जानकारी दिए। त्यो हट्न भने दिउँसोसम्म लाग्ने उनको भनाइ छ।
यस्तै अहिले मध्य र पश्चिमी पहाडका केही स्थानमा पनि हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ। यो भने घाम लागेसँगै हटेर जाने मौसमविद् श्रेष्ठले बताए।
दिउँसोपछि आज देशभर मौसम सफा हुने र अधिकांश स्थानमा घाम लाग्ने मौसमविद्को अनुमान छ।
मौसमविद्का अनुसार अहिले नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। आइतबार राति पश्चिमी वायु बाहिरिएपछि नेपालमा वर्षा र हिमपातको सम्भावना नरहेको मौसमविद्ले बताएका छन्।
याे पनि : बाहिरियाे पश्चिमी वायु, अब मौसम सफा हुने
तर केही दिनपछि पुनः पश्चिमी वायु भित्रिने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए।
Shares

प्रतिक्रिया