राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा तिहार पर्व–२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ।
शीतल निवासस्थितमा राष्ट्रपति कार्यालयमा सांस्कृतिक संस्थाले आयोजनामा उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत/सङ्गीत, नृत्य प्रस्तुत गरिएको थियो। राष्ट्रपति भण्डारीबाट सम्पूर्ण प्रस्तुति अवलोकन भएको थियो। राष्ट्रपति कार्यालयमा प्रत्येक वर्ष तिहार पर्व मनाउने गरिन्छ। रासस
36
Shares
प्रतिक्रिया