समाज


दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १४:४७, काठमाडौँ

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिकको अदली बदली भएको छ।

‘युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिस), दक्षिण सुडानमा तैनाथ श्री हाई रेडिनेश गुल्म (शान्ति सेना) पाचौं डफ्फालाई बदली गर्नको लागि श्री हाई रेडिनेश गुल्म (शान्ति सेना) छैठौं डफ्फाको १५० जना नेपाली शान्ति सैनिकहरु सोमबार त्यसतर्फ प्रस्थान गरेका छन्। 

प्रमुख सेनानी नवराज थापा मगरको नेतृत्वमा यूएन चार्टड फ्लाइट (इथिओपीयन एयरलाइन्स) मार्फत काठमाडौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका हुन्।

साथै, उक्त मिशनमा तैनाथ श्री हाई रेडिनेश गुल्म (शान्ति सेना) पाचौं डफ्फाको १३२ जना नेपाली शान्ति सैनिकहरु सेनानी सुजित श्रेष्ठको नेतृत्वमा कात्तिक १४ गते नै स्वदेश फर्केका नेपाली सेनाले जनाएको छ।

संयुक्त रायट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत रही योगदान पुर्‍याउँदै आइरहेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad