ad ad

समाज


सन्दीपको मुद्दा हेर्दा हेर्दैमा, पीडित १८ वर्ष पुगिसकेको प्रमाण अदालतमा

सन्दीपको मुद्दा हेर्दा हेर्दैमा, पीडित १८ वर्ष पुगिसकेको प्रमाण अदालतमा

फाइल तस्बिर


नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १८:२८, काठमाडौँ

नाबालिगलाई बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलास दुई दिनदेखि बहस चलिरहेको यो मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। 

बधुबार बहस नसकिएपछि मुद्दाको आदेश आउन अझै कुर्नुपर्ने भएको छ। 

बुधबारको बहसमा सन्दीपका वकिलले पीडित भनिएकी किशोरी नाबालिग नरहेको भन्दै प्रमाण पेस गरेका छन्। 

अधिवक्ता मुरारी सापकोटाले पीडित भनिएकी किशोरीको जन्मदर्ता, स्कुलमा भर्ना हुँदाका विवरण र बसाइँ-सराइका कागज पेस गरेका हुन्। 

ती कागजातले किशोरी सिनामंगलको होटलमा घटना हुँदाको समय १८ वर्ष ३ महिना भइसकेको देखाएका छन्। 

जन्मदर्ता, स्कुलको विवरण र बसाइँसराइको कागजले किशोरीको जन्म २०६१ असार १८ गते भएको देखाएका छन्। 

सन्दीपविरुद्धको मुद्दामा बुधबार थुनछेक बहस सुरू हुँदा ९ जना वकिलले बहस गरेका  छन्। 

किशोरीको पक्षबाट ४ जना सरकारी वकिल, ३ जना वकिल र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गरे।

मंगलबार सन्दीपको बयान सकिएको थियो। उनले पीडित किशोरीले कसैको उक्साहटमा झुटो अभियोग लगाएको बताएका थिए।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा बलात्कारसम्बन्धी उजुरी परेको थियो।

त्यसपछि गत भदौ २३ गते काठमाडौं जिल्ला अदालतले वेस्टइन्डिजमा रहेका सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

सन्दीप त्यसपछि वेस्टइन्डिजबाट अमेरिका पुगेर एक महिना बसेपछि असोज २० गते नेपाल आउने क्रममा त्रिभुवन विमानस्थलबाट समातिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .