बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएपछि क्रिकेटर सन्दीप लामिछानेलाई केन्द्रीय कारागार सुन्धारमा राखिने भएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि सन्दीपलाई केन्द्रीय कारागार पठाउन लागिएको हो।
गत मंगलबारदेखि जारी निरन्तर सुनुवाइको क्रममा शुक्रबार पीडितको पक्षबाट जवाफी बहस सकिएसँगै जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका थिए।
थुनछेकको बहसका क्रममा सन्दीपका वकिलहरुले नाबालिग भनिएकी किशोरीको उमेर १८ वर्ष ३ महिना भइसकेकाले अभियोग नै गलत भएको तर्क गरे पनि अदालतले फैसला नहुन्जेल सन्दीपका लागि जेलको बाटो देखाएको हो।
1.5k
Shares
प्रतिक्रिया