ad ad

समाज


पाँच जना कर्मचारी सम्मानित

पाँच जना कर्मचारी सम्मानित

नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार २०:११, काठमाडौँ

‘इन्टेग्रीटी आइकन नेपाल २०२२’ बाट यस वर्ष पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित भएका छन्। 

सम्मानित हुनेमा सडक विभागका इन्जिनियर कल्पना अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ कृषि अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखा प्रमुख रोशनी देवी कार्की, सीमा प्रशासन कार्यालय नाम्चेमा कार्यरत शाखा अधिकृत सुजन कुमारी बर्देवा र जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तरगत प्रदेश अस्पताल सर्लाहीमा कार्यरत प्रहरी हवल्दार राजेश साह जयसवाल रहेका छन्। 

निर्वाचनको समय भएकोले यस वर्षको सम्मान कार्यक्रम सिमित व्यक्तिको उपस्थितिमा सम्पन्न गरिएको आयोजकले जनाएको छ। 
१०० जनाको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रमको सामाजिक सञ्जालबाट गरिएको प्रत्यक्ष प्रशारण हजारौं व्यक्तिले हेरेका थिए । 

पाँच जना आइकन सार्वजनिक भइसकेपछि उनीहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुका साथै जिल्लास्थित सञ्जाल पनि परिचालन गरिएको थियो। 

सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाईटलबाट अवार्ड गरिएको थियो। जस अन्तरगत, कल्पना अधिकारी ‘लेड बाइ इक्ज्याम्पल’, मोहनकृष्ण महर्जन ‘सिम्बोल अफ डेडिकेसन’, रोशनी देवी कार्की ‘भ्वाइस अगनेस्ट इनजस्टिस’, सुजन कुमारी बर्देवा ‘प्राक्टिकल इन एक्सन’ र राजेश साह जयसवाल ‘ग्राउन्डेड विथ भ्यालुज’ टाइटलबाट सम्मानित भएका थिए।  

‘इन्टेग्रिटी आइकन २०२२” बाट सम्मानित हुने पाँचै जनालाई बधाई तथा शुभकामना दिदै कार्यक्रमा ‘इन्टेग्रिटी आईकन २०२१’ मनमाया भट्टराई पंगेनीले भनिन्, ‘हामीले सेवा प्रवाह गर्दा बोली व्यवहार र शैलीको माध्यमबाट जिम्मेवारी पुरा गर्नुपर्दछ। यसले हाम्रो व्यक्तिगत र व्यवसायिक जिवनलाई सहज र सरल बनाइदिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .