समाज


बसको ठक्करबाट झापामा दम्पतीको मृत्यु

बसको ठक्करबाट झापामा दम्पतीको मृत्यु

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १९:३७, काठमाडौँ

झापामा बसको ठक्करबाट एक दम्पतीको मृत्यु भएको छ।

मंगलबार दिउँसो बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका ६ का ५२ वर्षीय नरेन्द्र मैनाली र मोटरसाइकलको पछाडी सवार उनकी श्रीमती ५० वर्षीया सीतादेवी मैनालीको मृत्यु भएको हो। 

पूर्वपश्चिम लोकमार्ग अन्तरगत झापा कन्काई नगरपालिका ७ दुर्गापुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको मे ७ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको झापाका प्रहरी नायव उपरीक्षक बहन्त पाठकले जानकारी दिए।

बस चालक मोरङको सुन्दरहरैचा नगरपालिका ६ का ४० वर्षीय भुपाल देवानलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad