समाज


बाजुराका पत्रकार जनक बोहरामाथि गरिएको कुटपिटप्रति प्रेस युनियनको आपत्ति

बाजुराका पत्रकार जनक बोहरामाथि गरिएको कुटपिटप्रति प्रेस युनियनको आपत्ति

नेपालखबर
मंसिर २, २०७९ शुक्रबार २२:७, काठमाडौँ

नेपाल प्रेस युनियनले युनियन बाजुरा सदस्य एवं हाम्राकुरा डटकमका संवाददाता जनक बोहरामाथि समाचार संकलनका क्रममा आक्रमण भएको भन्दै आपत्ति जनाएको छ।

प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनको समाचार संकलनका क्रममा बाजुराको गौमुलगाउँपालिका–१ मा रहेको अम्लिस माध्यमिक विद्यालयको मतदान केन्द्रमा शुक्रबार बोलाइएको सर्वदलीय बैठक स्थलमा पुगेका बोहरामाथि समाचारकै विषयलाई लिएर सांघातिक आक्रमण भएको युनियनले जनाएको छ।

‘समाचार संकलनका लागि पुगेका पत्रकार बोहोरालाई गाउँपालिका विरुद्ध समाचार किन लेखेको भन्दै सोही गाउँपालिका अध्यक्ष तथा एमाले जिल्ला कमिटी उप सचिव हरि रोकायाले अपशब्द प्रयोग गर्दै गालीगलौज र कुटपिट गरेर गम्भीर घाइते बनाइएको’ प्रेस युनियनको आरोप छ।

‘अध्यक्ष रोकाया र सँगै रहेका एमाले कार्यकर्ताहरुले पत्रकार बोहोरामाथि मोबाइल फोन खोसेर गरिएको आक्रमणप्रति युनियन खेद व्यक्त गर्दछ’ युनियनका उपमहासचिव युवराज गौतमले शुक्रबार विज्ञप्ति जारी गरी भनेका छन्, ‘सार्वजनिक पद धारण गरेका गाउँपालिकाका अध्यक्ष एवम जनप्रतिनिधि जस्तो व्यक्ति स्वयमको निर्देशनमा एमाले कार्यकर्ता पत्रकारमाथि उत्रिनु कानुनमाथिको उपहास र घृणित कार्य भएको युनियनको ठहर छ।’ 

साथै युनियनले घटनामा संलग्न व्यक्तिमाथि कारबाही गर्न तथा पत्रकारलाई निर्वाध रुपमा समाचार संकलनको वातावरण बनाउन समेत माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .