ad ad

समाज


नर्भिक आईभीएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान

नर्भिक आईभीएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार २२:१३, काठमाडौँ

ललितपुरकी एक ५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्धतिबाट आमा बन्न सफल भएकी छन् । 

नर्भिक आईभीएफ सेन्टरमा एक वर्षको उपचारपछि ललितपुरकी बिमला रजकले स्वस्थ सन्तानलाई जन्म दिन सफल भएकी हुन्।

शल्यक्रियामार्फत शनिबार बच्चा निकालिएको र हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य छ। 

‘बढ्दो उमेरमा गर्भाधारण गरी सन्तान जन्माउनु जोखिमपूर्ण मानिन्छ’, नर्भिक आईभीएफ सेन्टरकी वरिष्ठ टेष्टट्युब बेबी विशेषज्ञ डा. नुतन शर्माले भनिन्, ‘तर पनि नर्भिक आइभिएफको उच्च जोखिम व्यवस्थापन र उत्कृष्ट उपचार प्रक्रियाबाट सहजै रुपमा आईभीएफमार्फत ती महिलालाई आमा बनाउन सफल भयौँ, यसमा हामी सबै खुसी छौँ।’ 

‘३० वर्षीय छोराको आकस्मिक निधन भएर विक्षिप्त बनेको हाम्रो परिवारमा २७ वर्षपछि छोराको रुपमा अर्काे सन्तान आउँदा खुसीको सीमा छैन’, बिमलाले भनिन्। 

नर्भिक आईभीएफमा उपचारका लागि आएका रजक दम्पतीले पहिलो प्रयासमै आईभीएफ पद्दतीबाट सन्तान जन्माउन सफल भएको डा. शर्माले जानकारी दिइन्। श्रीमतीको उमेर ५५ वर्ष र श्रीमानको उमेर ६८ वर्षको छ ।  

नेपालको सन्दर्भमा उमेर बढ्दै जाँदा महिलाको हर्माेनमा आउने परिवर्तन, पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण यो उमेरमा आइभिएफ पद्दतीबाट सन्तान जन्माउनु चुनौतीपूर्ण भए पनि आधुनिक सुविधा र दक्ष जनशक्तिका कारण सम्भव भएको डा. शर्माले बताइन । 

यसअघि पनि नर्भिक आईभीएफ सेन्टरमा उपचारपछि ५४ वर्षीया काठमाण्डौकी एक महिलाले आईभीएफ पद्धतिबाट जुम्ल्याहा सन्तान जन्माएकी थिइन्।  

‘बढी उमेर समूहको भएका महिलालाई हामीले सुरुवातदेखि नै उच्च जोखिम समूहमा राखेर उपचार गर्छाैँ’, डा. शर्माले भनिन्, ‘पछिल्लो सफलताले पनि बढ्दो उमेर मात्र सन्तान प्राप्तिमा बाधक होइन भन्ने पुष्टि गरेको छ। तर सन्तान प्राप्तिको चाहना भएकाहरुले समयमै चिकित्सकसँग परामर्श गर्न जरुरी हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .