समाज


सुकुम्बासी बस्तीमा नगर प्रहरीलाई आक्रमण गर्नेमाथि कारबाही गर्न महानगरको पत्राचार

सुकुम्बासी बस्तीमा नगर प्रहरीलाई आक्रमण गर्नेमाथि कारबाही गर्न महानगरको पत्राचार

तस्बिर : नेपालखबर


नेपालखबर
मंसिर १३, २०७९ मंगलबार ७:३३, काठमाडौँ

सोमबार दिउँसो थापाथलीको सुकुम्बासी बस्तीमा नगर प्रहरीमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न काठमाडौं महानगरपालिकाले पत्राचार गरेको छ। आक्रमण गर्नेहरुको नाम खुलाएर कानुनी कारवाहीका लागि पत्राचार गरिएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। 

खधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा बागमती किनारामा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना भत्काउन जाने क्रममा महानगरीय प्रहरी बलका प्रमुखसहितका प्रहरी घाइते भएको मानन्धरले बताएका छन्।

नगर प्रहरी शर्मिला बोगटीलाई शरिर बन्धक बनाई गम्भीर रुपमा घाइते बनाएका कारण उनीसहित ३ जना प्रहरीको नर्भिक अस्पतालमा आइसीयुमा उपचार भइरहेको पनि उनले बताए। 

‘कर्तव्यका सिलसिलामा प्रहरीमाथि आक्रमण हुन दुःखद कुरा हो। यस कार्यमा सम्लग्नमाथि कानुनी कारवाही गर्न सम्बन्धित निकाय र पदाधिकारीलाई महानगरको अनुरोध छ,’ मानन्धरले भने, ‘गैरकानुनी रुपमा निर्माण भएका अनधिकृत संरचना हटाउने कार्यमा सबै पक्षबाट सहयोग, सहकार्य र समन्वय हुने विश्वाश गरेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .