ad ad

समाज


चिसोबाट बच्न सावधानी अपनाउनूस् : मौसम महाशाखा

चिसोबाट बच्न सावधानी अपनाउनूस् : मौसम महाशाखा

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार ६:५४, काठमाडौँ

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (बिहीबार बिहान) देशका पहाडी भेगमा आंशिक बदली रही देशका अन्य स्थानमा मौसम सामान्यतया सफा छ। 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

बुलेटिनअनुसार आज राति सुदूरपश्चिम प्रदेशमा र प्रदेश १ का पहाडी  भेगका थोरै स्थानमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।  

महाशाखाले आगामी  २४  घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।

काठमाडौंको तापक्रम
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .