ad ad

समाज


नवलपरासीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

नवलपरासीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

दुर्घटनाका घाइते/ तस्बिर : रासस


नेपालखबर
मंसिर १५, २०७९ बिहिबार २१:५६, काठमाडौँ

नवलपुरमा जीप दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

दलदलेबाट पहाडी क्षेत्र डेडगाउँ जादै गरेको गण्डकी प्रदेश ०४-००१-०००६ नम्बरको बोलेरो जीप धौवादी र राइकोटको बीचमा पर्ने कान्छीपानीमा सडकवाट तल भीरमा खसेर दु‌र्घटना भएको हो।

दुर्घटनामा परी ज्यान गुमाउनेमा बुलिङटार ६ का ६० वर्षका होम बहादुर रानाभाट, बुलिङटार - ५ राईकोटका ६७ वर्षीया मनसुभा बराल, बौदीकाली - २का २८ वर्षका केशरी दराई र अन्दाजी ५८ वर्षका याम बहादुर ठाडा परेका छन्।

घाइते १० जनामध्ये ८ जनालाई उपचारका लागि भरतपुर पठाइएको छ भने सामान्य घाइते २ जना स्थानीय स्वास्थ्य चौकीमा उपचाररत छन्। भरतपुर पठाइएका २ जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ।

यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र  नेपाली पोखरेलले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले असजिलो बाटोमा गाडी चलाउँदा गाडीको अवस्थाबारे ध्यान दिन आग्रह गरेका छन्।

‘पहाडी भेगका असजिला बाटोहरुमा सजगता अपनाएर गाडी गुडाउनुपर्ने हुन्छ। गाडीको अवस्थाका बारेमा चालक र लगानीकर्ताले चासो दिन जरुरी हुन्छ’ मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘प्रहरी र प्रशासनले पनि यसमा विशेष चासो राख्न मैले निर्देशन समेत दिइसकेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .