समाज


ब्लुबर्ड इन्टरनेशनल क्लिनिकमा नि:शुल्क स्वास्थ्य परीक्षण क्याम्प (तस्बिरहरु)

ब्लुबर्ड इन्टरनेशनल क्लिनिकमा नि:शुल्क स्वास्थ्य परीक्षण क्याम्प (तस्बिरहरु)

ब्लुबर्ड इन्टरनेशनल क्लिनिकमा चलिरहेको स्वार्थ्य परीक्षण क्याम्प। तस्बिर : विशाल कार्की/नेपालखबर


नेपालखबर
मंसिर १८, २०७९ आइतबार १२:५१, काठमाडौँ

ब्लुबर्ड इन्टरनेशनल क्लिनिकमा नि:शुल्क क्याम्प चलेको छ। थापाथलीको ब्लुबर्ड मलमा स्थापना भएको १५ वर्षको अवसरमा फ्रि क्याम्प सञ्चालन गरेको हो। 

आइतबार साँझ ४ बजेसम्म ब्लुबर्डमा छाती रोग विशेषज्ञसँग चेकजाँच, ब्लड सुगर स्क्रिनिङ, जनरल फिजिसियन नि:शुल्क चेकजाँच भइरहेको छ। क्लिनिकले रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको छ। 

जुनसुकै टेस्टमा २५ प्रतिशत डिस्काउन्ट रहेको छ भने जनरल स्क्रिनिङ प्याकेजमा ५० प्रतिशत छुट रहेको क्लिनिकले जानकारी दिएको छ। 
जसमा सुगर, युरिक एसिड, लिपिड प्रोफाइल, किड्नी, लिभर, थाइराइडको चेक जाँच गराइन्छ। 

ब्लुबर्ड क्लिनिक मल्टी स्पेशलिस्ट हो। विभिन्न अवसर पारेर क्लिनिकले क्यापम गर्दै आएको छ। 

विशेषज्ञ डाक्टरसंस अपोन्टमेन्ट लिएर हाड जोर्नी तथा नशा, थाइराइड, डाइबेटिज्, हर्मोन, स्त्री रोग, जनरल मेडिसिन, छातिरोग, नाक कान घाँटी, जनरल चिकित्सा, पेट तथा कलेजो, प्याथोलोजी, मुटुरोग, निशन्तान, बालरोग, छाला तथा योन रोग सम्बन्धी उपचार गर्न सकिन्छ। 

अपोइन्टमेन्ट फोन वा अनलाईनबाट लिन सकिने व्यवस्थापनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .