समाज


देशभर चिसो बढ्दै, काठमाडौँ उपत्यकाको तापक्रम ७ डिग्रीभन्दा तल

देशभर चिसो बढ्दै, काठमाडौँ उपत्यकाको तापक्रम ७ डिग्रीभन्दा तल

फाइल तस्बिर


नेपालखबर
मंसिर १९ , काठमाडौँ

देशभर तापक्रम आरोलो लागिरहेको छ। यसै क्रममा आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्रीबाट पनि तल झरेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्दकुमार झाले दिएको जानकारीअनुसार आज काठडमाडौँ उपत्यकाको तापक्रम ६.८ डिग्री सेल्सियस छ। हिजो आइतबार उपत्यकाको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस थियो। 

मौसमविद् झाले काठमाडौँ उपत्यकासहित देशभर दिनप्रतिदिन चिसो बढिरहेको जानकारी दिए। 

चिसोबाट बच्न महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शसमेत जारी गरेको छ। 

जसमा भनिएको छ : तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।

मौसमविद् झाले देशभर आज कतै वर्षा र हिमपातको सम्भावना नरहेको बताए। 

मौसम महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) प्रदेश १ को पहाडी भेग तथा उच्च पहाडी र हिमाली भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।  

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

राति प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी  स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

मंसिर १९, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.