समाज


बागमती रिसोर्टका तीनवटा कटेजमा आगलागी

बागमती रिसोर्टका तीनवटा कटेजमा आगलागी

फाइल तस्बिर


नेपालखबर
मंसिर २२, २०७९ बिहिबार ९:२३, सर्लाही

सर्लाहीको बागमतीमा सञ्चालित एक रिसोर्टमा गएराति आगलागी भएको छ। 

बागमती नगरपालिका ११ फनपार्कमा सञ्चालित बागमती क्याफे रिसोर्टमा गएराति २ बजे आगलागी भएको हो।

आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको रिसोर्टका सञ्चालक बद्री प्रधानले जानकारी दिए। बागमती नदिको किनारमा सञ्चालित रिसोर्टका तीनवटा कटेज आगलागीबाट नस्ट भएका छन्। 

स्थानीय बद्री प्रधान र कृष्ण रखालले संयुक्त रुपमा रिसोर्ट सञ्चालन गर्दै आएका थिए।

‘हामीले झण्डै ४५ लाखको लागतमा केही महिना अघिबाट मात्रै रिसोट सञ्चालन सुरु गरेका थियौँ,’  प्रधानले भने,  ‘ऋण लिएर सञ्चालन गरेको रिसोर्टमा नियोजित रुपमा आगो लगाएको आशंका हामीले गरेका छौँ।’ 

राति २ बजे आगलागी भएपनि आफूहरुलाई साढे तीनवजे मात्रै खबर आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए।

‘प्रहरी टोली घटना स्थलमा पुग्दा आगो निभिसकेको थियो। पीडित पक्षले आगलागीबाट आठ लाखको क्षति भएको जानकारी गराएको छ। हामी थप अनुसन्धान गर्दै छौँ,’ यादवले भने। 

आगलागीबाट रिसोर्टका तीनवटा कलात्मक कटेज र फर्निचर जलेर नष्ट भएको सञ्चालक प्रधानले बताए। 

तीनवटै कटेजमा एकैसाथ अचानक आगलागी भएको सुरुमा त्यही काम गर्ने स्टाफले देखेका थिए। रिसोर्टकै स्टाफ र स्थानीयले आगो निभएपछि प्रहरीलाई खबर गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .