समाज


राष्ट्रियसभा अध्यक्षले सुविधा बढाउन नसकिने भनेपछि कर्मचारीले माइक नै बिगारिदिए…

राष्ट्रियसभा अध्यक्षले सुविधा बढाउन नसकिने भनेपछि कर्मचारीले माइक नै बिगारिदिए…

फाइल तस्बिर


नेपालखबर
मंसिर २८, २०७९ बुधबार १८:४, काठमाडौँ

संसद सचिवालयले १६ औँ संसद सेवा दिवस मनाइरहेको छ। संसद सेवा दिवस मनाइरहँदा भएका गतिविधिहरुले सबैको ध्यान तानेको छ। 

मंगलवार संसद सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद सचिवालयको लागि बजेट बढाउन नमिल्ने बताएका थिए।

उनले जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहरुले आफ्नो सुविधा थप गर्न माग गर्न नहुने बताएका थिए। 

अध्यक्ष तिमिल्सिनाको उक्त भनाइबाट रुष्ट संसद सचिवालका कर्मचारीहरुले बुधवार संसद सेवा दिवसमा आयोजित कार्यक्रममा पुस्तक विमोचन र प्राविधिक कुरामा समस्या खडा गरिदिए। 

तोकिएको समयमा कर्मचारीहरु कार्यक्रम स्थलमा नपुगेको र कार्यक्रममा माइक बिगारिदिएको आरोप अध्यक्ष तिमिल्सिनाले लगाए।

सेवा, सुविधा अहिले बढाउनसक्ने अवस्था छैन भन्दैमा यस्ता त्रुटीहरु गरेको भन्दै उनले आपत्ति जनाए। उनले कर्मचारीले जनतालाई दिने सेवा सुविधा र पाउने सेवा सुविधा एक आपसमा जोडिने भन्दै कहिलेकाहीँ सुविधा कम हुँदा पनि सेवालाई अघि बढाउने कुरामा पछि हट्नु नहुने बताए।

उनले विमोचन गर्ने पुस्तक ढिला ल्याउनु, राष्ट्रगान बजाउने बेला माइक नै बिगार्नु र प्राविधिक विषयमको व्यवस्थापन नभइक कार्यक्रम सञ्चालन गर्नु सेवा नै नपुगेर हो? भन्दै प्रश्न गरे। 

तिमल्सिनाले आफ्ना दायित्व कर्मचारीहरुले पूरा नगरेको कुरा सम्झिने की नसम्झिने भन्दै प्रश्न गरे। संघीय संसदमा काम गर्ने कर्मचारीले भन्सारको डिजी हुन चाहेको भाषणा गरेको भन्दै उनले आपत्ति जनाए।

अध्यक्ष तिमिल्सिनाले राजनीतिमा सांसद भएपछि मन्त्री हुनुपर्ने, मन्त्री हुन पाएन भने पार्टी फुटाउने काम गर्नु उचित नहुने भन्दै जनताले पुराना पार्टी र नेताहरुलाई यो निर्वाचनमा सुध्रिनका लागि अवसर दिएको समेत बताए।

उनले माइक बिगारेर, कार्यक्रममा अन्टसन्ट गरेर सेवा,सुविधा बढ्छ भन्ने भ्रम पालेर नबस्न आग्रह गरे। अध्यक्ष तिमिल्सिनाले आफूले कोही पनि कर्मचारीलाई गोजीबाट पुरस्कृत र बढुवा गरेको देखाउन चुनौती दिँदै त्यस्तो पाए आफूले तत्काल पदबाट राजीनामा दिने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad