समाज


तराईमा हुस्सु/कुहिरो, पहाडमा मौसम सफा

तराईमा हुस्सु/कुहिरो, पहाडमा मौसम सफा

नेपालखबर
पुस ८, २०७६ मंगलबार २:५४,

अहिले (मंगलबार बिहान) तराईका अधिकांश स्थान र पश्चिमका पहाडी क्षेत्रमा कुहिरो/हुस्सु लागेको छ भने देशका बाँकी भागमा सामान्यतया मौसम सफा रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार तराई क्षेत्रका हुस्सु/कुहिरो दिउँसोपछि हट्नेछ। ‘तर पश्चिम तराईका एक-दुई ठाउँका हुस्सु/कुहिरो साँझसम्मै नहट्ने देखिन्छ,’ उनले भने।

काठमाडौं उपत्यकाको आकाशमा थोरै बादल देखिए पनि अहिले घाम लागेको छ। दिउँसो भने यहाँको मौसम आंशिक बदली हुने सम्भावना देखिएको मौसमविद् श्रेष्ठले बताए। ‘तर आज दिनभरजसो काठमाडौंमा घाम देखिनेछ,’ उनले भने।

काठमाडौं उपत्यकाको अहिले (बिहान साढे ८ बजे)को तापक्रम ६ डिग्री सेल्सियस रहेको उनले जानकारी दिए।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। आगामी तीन दिनसम्म मौसम यस्तै रहने महाशाखाले जनाएको छ।

तर तराईमा हुस्सु/कुहिरो लाग्ने क्रम जारी रहेकाले चिसो बढ्नेछ। त्यसैले चिसोबाट बच्ने उपाय अपनाउन मौसमविद्ले सम्बन्धित सबैलाई अनुरोध गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad