जिल्लाको पञ्चपुरी नगरपालिकामा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। शुक्रबार बिहान पञ्चपुरी नगरपालिका–२ सिरी चौरमा गाडी दुर्घटनामा परेको हो।
पञ्चपुरी–५ बाबियाचौरबाट सुर्खेतका लागि छुटेको काँक्रेबिहार समितिको कर्णाली प्रदेश ०२००१ ख ०१६१ नम्बरको फोर्स गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यलय सुर्खेतका अनुसार गाडी सडकबाट २ मिटर तल बायाँ साइडमा पल्टिन पुगेको थियो।
दुर्घटनामा परि घाइते हुनेमा पञ्चपुरी नगरपालिका–८ बस्ने ५६ वर्षीया जनक देव गिरी, दैलेखमो नौमुले गाउँपालिका–३ का १६ वर्षीया हिमा सलामी मगर, जुम्ला चन्दननाथ गाउँपालिका–८ बस्ने २० वर्षीया बसन्ती धरला घाइते भएका छन्। भने उनिहरुको हातहरुमा हल्का चोट लागेको छ।
यस्तै, घाइते पञ्पुरी नगरपालिका–२ का २७ वर्षीय धनिराम रेग्मी, वडा नम्बर ५ का ३४ वर्षीया नन्दा शाही र दैलेख भैरवी गाउँपालिका–२ का ६८ वर्षीया मुना पुरीको ढाडमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा उपचार भइरहेको छ।
Shares

प्रतिक्रिया