समाज


चार्ल्स शोभराज १० वर्ष नेपाल आउन नपाउने

चार्ल्स शोभराज १० वर्ष नेपाल आउन नपाउने

नेपालबाट डिपोर्ट हुँदै गर्दा कतार एयरवेजको जहाजमा चार्ल्स शोभराज। तस्बिर : सामाजिक सञ्जाल


नेपालखबर
पुस ९, २०७९ शनिबार ६:४६, काठमाडौँ

सर्वोच्च अदालतको आदेशानुसार फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई १० वर्षसम्म नेपाल आउन नपाउने गरी शुक्रबार डिपोर्ट गरिएको छ। अध्यागमन विभागका निमित्त महानिर्देशक प्रदर्शनी कुमारीका अनुसार हिजै उनलाई कतार एयरवेजमार्फत फ्रान्स पठाइएको हो। 

सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त भएका शोभराजलाई शुक्रबारै केन्द्रीय कारागारबाट रिहा गरिएको थियो। कारागार विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले केन्द्रीय कारागारबाट उनलाई रिहा गरी शुक्रबार बिहान अध्यागमन विभागको जिम्मा लगाएको र त्यसपछिका सबै प्रक्रिया अध्यागमनले नै गरेको जानकारी दिए। 

सर्वोच्चको आदेशमा उनलाई १५ दिनभित्रै डिपोर्ट (नेपाल छाड्न) आदेश दिएको थियो। उनीविरुद्ध दुई विदेशी नागरिकको हत्या र नक्कली राहदानी प्रयोग गरेको मुद्दामा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको आदेश भएको थियो। उनलाई प्रहरीले २०६० सालमा पक्राउ गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .