समाज


रौतहटबाट १३ लाख मूल्य बराबरको अवैध सामान बरामद

रौतहटबाट १३ लाख मूल्य बराबरको अवैध सामान बरामद

सांकेतिक तस्बिर


नेपालखबर
पुस ११, २०७९ सोमबार २२:३, काठमाडौँ

प्रहरीले रौतहटबाट झण्डै १३ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। 

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको वोडर आउट पोष्टहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार जिल्लाका विभिन्न ठाउँबाट ती सामान बरामद गरेको हो। 

बरामद सामान मूल्य १२ लाख ८५ हजार ४१८ रुपैयाँ कायम गरी जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए।

भारतबाट भन्सार छलि तस्कर समूहले नेपाल भित्र्याएको सामान विभिन्न ठाउँबाट बरामद गरिएको यादवले बताए।

अवैध सामान लोड गरिएको बिआर २५ एस ९४०४ नम्बरको बोलेरो गाडी, बिआर ३० एम ३७३२ र बिआर ०६ बिएल ४७४८ नम्बरको भारतीय मोटरसाइकल सहित चिनी, मैदा, बिस्कुट, लेक्टोजिन दूध, खाने तेल, चामलसहितका दैनिक उपभोग्य बस्तु प्रहरीले बरामद गरेको हो।

अवैध सामान बरामद गरे पनि तस्करहरु भने फरार भएका डिएसपी यादवले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .