पोखरा विमानस्थलमा अवतरणका क्रममा यति एयरलाइन्सको जहाज दुर्घटनाम परेको छ।
यति एयरको एटीआर जहाज आइतबार बिहान पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटनालगत्तै अहिले सुरक्षाकर्मीको टोली पठाइसकिएको बताए।
'उद्धारका लागि सुरक्षाकर्मीहरु एम्बुलेन्स र दमकलसहित पुगिसकेका छन्', उनले भने, 'घटनास्थलबाट आगोको ठूलो मुस्लो देखिएको छ। विस्तृत विवरणबारे बुझ्दैछौँ।'
1.4k
Shares

प्रतिक्रिया