समाज


यतिको जहाज दुर्घटनापछि प्रधानमन्त्री पुगे विमानस्थल

यतिको जहाज दुर्घटनापछि प्रधानमन्त्री पुगे विमानस्थल

दुर्घटनापछिको अवस्थबारे जानकरी लिँदै प्रधानमन्त्री। तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
माघ १, २०७९ आइतबार १२:४६, काठमाडौँ

काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। 

गृहमन्त्री रवि लामिछानेसहित पुगेका प्रधानमन्त्रीले विमानस्थलस्थित उद्धार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत विवरण लिएका उनको सचिवालयले जनाएको छ। 

निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी पनि लिएका छन्। 

विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका छन्। 

प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारी रूपमा उद्धारमा लाग्नु निर्देशन दिएका छन्। उनले आइतवारै साढे १ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .