समाज


सम्झौता भएको दुई वर्षमा पनि जडान भएन स्मार्ट सडक बत्ती

सम्झौता भएको दुई वर्षमा पनि जडान भएन स्मार्ट सडक बत्ती

नेपालखबर
माघ १, २०७९ आइतबार १५:२८, काठमाडौँ

काठमाडौं महानगरपालिकाको मुख्य-मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुनसकेको छैन। विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच  सहकार्य गर्ने गरी सम्झौता भएको थियो।  

सम्झौता भएको ४५ दिनदेखि काम सुरु गर्ने भनिए पनि सुरुको एक वर्ष कोरोना महामारीका कारण काम अघि बढाउन नसकिएको कामपाको भनाइ छ। कोरोनाको त्रास कम भएपछि भने कामपाले सडक बत्तीको विद्युत् महसुल र प्राधिकरणले सम्पत्ति कर तिर्नुपर्नेजस्ता विषयमा विवाद हुँदा थप काम अघि बढ्न नसको हो।

सहमतिअनुसार कामपा क्षेत्रभित्रका मुख्य–मुख्य सडकमा जडान गरिने आधुनिक बत्तीका लागिे  कामपा र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा गरिने र लगानीकोे ६० कामपाको र प्रतिशत प्राधिकरणको  ४० प्रतिशत रहने उल्लेख छ। 

कामपाको अधिकारक्षेत्रभित्र पर्ने सडकका जम्मा ६० किलोमिटर क्षेत्रमा बत्ती जडान गर्ने सम्झौता उल्लेख छ। 

सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँबानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, महाराजगञ्ज चोक, पुतली सडक, शीतल निवासलगायत क्षेत्रमा पहिलो चरणमा करिब रु १२ करोडको लागतमा एक हजार सात सय थान आधुनिक सडक बत्ती जडानका लागि  कार्यअघि बढाउने भनिएको छ।

कामपाको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार स्मार्ट सडक बत्ती जडान गर्ने  सहमति भए पनि कुन कम्पनीको, कति थान  र कुन क्षमताको बत्ती जडान गर्ने तथा त्यसको  मर्मतसम्भार कस्ले गर्ने, बत्तीको महसुल कस्ले तिर्नेजस्ता विषय स्पष्ट नभएकाले काम अघि बढ्न नसकेको हो । ती विषयमा सम्झौता गर्नका लागि छलफल भइरहेकाले सम्झौतापछि तत्काल काम सुरु हुने प्रमुख थापा बताउँछन्।

‘यसअघि सम्झौता हुन नसकेको विषयमा पनि सहमति भई एक हप्ताभित्र काम अघि बढ्ने तयारीमा  छ। बाँकी रहेका स–साना विषयमा सहमति भएसँगै पैसा निकासा भएर काम अघि बढाउने तयारी रहेको पनि प्रमुख थापा जानकारी दिन्छन्।

त्यसैगरी बत्ती जडानपछि बत्ती ती स्थानका  फुटपाथलगायतको मर्मत विभागले गर्ने सम्झौतामा उल्लेख छ।

बत्ती जडानसँगै राति सडकमा हुने दुर्घटना कम हुने र यात्रुलाई आवतजावतमा सहयोग पुग्ने विश्वास कामपाको छ।

उक्त बत्तीले सडकमा सोलार वा अन्य बत्तीलेभन्दा बढी उज्यालो दिने र त्यसको प्रकाश साँझको समयमा बढी चम्किलो हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad