समाज


चोर्न गएका थिए, गेटमै अड्केर गयो ज्यान

चोर्न गएका थिए, गेटमै अड्केर गयो ज्यान

मृतक।


नेपालखबर
माघ ८, २०७९ आइतबार १८:०, काठमाडौँ

बाँकेको नेपालगन्जमा एक जना मृत फेला परेका छन्। 

नेपालगन्ज उपमहानगरपालिका ४ स्थित कृष्ण गुप्ताको घरको गेटमा शनिबार वडानम्बर १० का जितबहादुर भण्डारी मृत फेला परेका हुन्। 

शुक्रबार राति गुप्ताको घरमा चोरी गर्न भन्दै गेटनाघेरभित्र पस्न खोज्दा उनी दुर्घटनामा परेको बाँके प्रहरीले जानकारी दिएको छ। 

शनिबार बिहान गुप्ताका परिवारले भण्डारी गेटमा झुण्डिएको अवस्थामा फेला परेको भन्दै प्रहरीलाई खबर गरेका थिए। 

जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा शाखाका प्रहरी निरीक्षक चक्र डम्मर पालका अनुसार उनको शरीरमा कुनै चोटपटक छैन।

‘गेट नाघेर भित्र जान खोज्दा गेटको माथिको तिखो भागमा ट्राउजर अड्किएको थियो। ट्राउजरमा झुण्डिएर ओरालो मुन्टो भएका कारण उसको ज्यान गएको देखिन्छ’, निरीक्षक डम्मरपालले भने। 

उनी यसअघि पनि ७ पटक चोरीको आरोपमा पक्राउ परेका थिए। २७ वर्ष पहिलेदेखि चोरीमा संलग्न भण्डारी छुटेपछि पनि चोरीमै संलग्न रहँदै आएका थिए। 

पक्राउ परेर प्रहरी कार्यालय लगे पनि उनले बयानमा आफन्त कोही नभएको बताउँदै आएका थिए। उनका परिवारले भने २७ वर्ष पहिलेदेखि घर नफर्किएको र लागुऔषधमा फसेको प्रहरीलाई बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad