ad ad

समाज


२ सय ५९ ओटा लाइसेन्स निलम्बनका लागि यातायात विभागमा पठाइयो

२ सय ५९ ओटा लाइसेन्स निलम्बनका लागि यातायात विभागमा पठाइयो

सांकेतिक तस्बिर


नेपालखबर
माघ १६, २०७९ सोमबार १८:२१, काठमाडौँ

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने २ सय ५९ जना चालकहरूको सवारी चालक अनुमति पत्र निलम्बनको लागि यातायात व्यवस्था विभागमा पठाएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुर गरेको हुँदा सवारी चालक अनुमति पत्र निलम्बनका लागि आज यातायात व्यवस्था विभाग पठाइएको हो। 

निलम्बनका लागि पठाइएका सवारी चालक अनुमति पत्र मध्ये ३६, ३०, २८, १९, १८ र १७ पटक १/१ जना,  २३, २० र १६ पटक २/२ जना, २१ पटक ३ जना, १५, ११ र १० पटक ११/११ जना, १४ पटक ५ जना,  १३ पटक ९ जना,  १२ पटक ८ जना, ९ पटक २४ जना, ८ पटक ३४ जना, ७ पटक ५० जना,  र ६ पटक ८१ जना चालकहरु ट्राफिक प्रहरीको कारबाहीमा परेका थिए। 

ट्राफिक नियम उल्लंघन गरेका कारणले धेरै जसो सवारी दुर्घटना हुने गरेकाले सुरक्षित यात्राका लागि ट्राफिक नियम उल्लंघन नगरी सवारी साधन चलाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .