भिजिविलिटी कम हुँदा करिब डेढ घण्टा उडान प्राभावित भएको छ।
मौसम फेरवलदले केही समयअघि जहाज अवतरण गर्न नसकेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको हो।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले बिहान मौसम खराब हुँदा करिब डेढ घण्टा प्रभावित भएको बताए। उनले अहिले जहाजहरू धमाधम अवतरण गर्न थालेको बताए।
‘मौसम खराबी हुँदा जहाज होल्ड हुनु सामान्य कुरा हो,’ उनले भने, ‘अहिले जहाज अवतरण हुन थालेका छन्।’
171
Shares
प्रतिक्रिया