काठमाडौं। काठमाडौं उपत्यकाका तीन नगरपालिकाका विभिन्न स्थानमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ।
ललितपुर महानगरपालिकाको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकास्थित कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
१६ माघ खुमलटारस्थित कृषिअनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका प्रमुख डा. रामप्रसद प्रधानले नेपालखबरलाई जानकारी दिए।
‘केही कुखुरामा बर्डफ्लूको शंका लागेर हामीले अनुसन्धानका लागि राखेका थियौँ', उनले भने, 'यही माघ १६ गते केही कुखुरामा बर्डफ्लू पुष्टि भनेर ल्याब रिर्पोट आयो। त्यसपछि एक हजार कुखुरा नष्ट गरिसकेका छौँ।’
81
Shares
प्रतिक्रिया