ad ad

समाज


नेपालले टर्कीका भूकम्पपीडितलाई पठायो २२ टन राहत सामग्री

नेपालले टर्कीका भूकम्पपीडितलाई पठायो २२ टन राहत सामग्री

फाइल तस्बिर


नेपालखबर
फागुन १, २०७९ सोमबार १३:३७, काठमाडौँ

टर्की र सिरियामा ६ फेब्रुअरीमा गएको शक्तिशाली भूकम्पबाट पीडित भएकाहरुलाई नेपाल सरकारले २२ टनभन्दा धेरै राहत सामग्री पठाएको छ। 

परराष्ट्र मन्त्रालयले सोमबार एक वक्तव्य निकालेर २२ टनभन्दा धेरै राहतको पहिलो खेप जहाजबाट पठाइएको जानकारी दिएको छ। 

ती राहत सामग्रीहरु सोमबार दिउँसो टर्किस एयरलाइन्सको जहाजबाट भूकम्प प्रभावितहरुका लागि पठाइएको हो।

मन्त्रालयका अनुसार राहत सामग्रीमा औषधि, स्वास्थ्य उपकरण, न्याना कपडासहित अत्यावश्यकीय सामग्री छन्। टर्कीमा अहिले कडा जाडो रहेकाले भूकम्पप्रभावितलाई न्यानो कपडा पठाइएको हो। 

शक्त्तिशाली भूकम्पमा परेर टर्की र सिरियामा अहिलेसम्म करिब ३५ हजार मानिसको ज्यान गइसकेको छ। त्यस्तै ९० हजारभन्दा धेरै घाइते भएका छन्। 

टर्की र सिरियामा शक्तिशाली भूकम्पपछि गत माघ २५ गते बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो।

नेपाली सेना पनि उद्धारका लागि जान स्टान्ड बाइ छ। तर सेनालाई उद्धारका लागि पठाउनेबारेमा सरकारले अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन। 

यसअघि परराष्ट्र मन्त्री विमला राई पौड्यालले भूकम्पलगत्तै टर्कीस्थित समकक्षी मेभ्लुट काभ्युसोग्लुसँग टेलिफोन संवाद गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .