ad ad

समाज


उमेर विवादपछि राजीनामा दिँदै डीआईजी अशोक सिंह

उमेर विवादपछि राजीनामा दिँदै डीआईजी अशोक सिंह

उजिर कार्की
फागुन ९, २०७९ मंगलबार १६:१८, काठमाडौँ

डीआईजी अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन्। उमेर विवादका कारण बर्खास्तमा पर्ने अवस्था आएपछि त्यसअघि नै राजीनामा दिने तयारी गरेका सिंहको पारिवारिक स्रोतले जनाएको छ।

राजीनामा दिनुअघि उनले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई जानकारी गराइसकेका छन्। त्यसअघि उनले कानुनी परामर्श समेत गरेका थिए। 

उनलाई राजीनामा दिँदा नै उचित हुने सल्लाह पछि बुधबार राजीनामा दिन लागेका हुन्।

सिंहको जन्म मिति फरक फरक रहेको लगायतका आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। 

अख्तियारले जन्म मितिबारे प्रहरी प्रधान कार्यालय र प्रहरी कितावखानामा सोधेको थियो। किताव खानाले बुधबार अशोक सिंहको जन्ममिति खुल्ने कागजात पठाउने तयारी गरेको छ। तर ती कागजात जानुअघि नै सिंह भने राजीनामा दिने तयारीमा लागेका हुन्।

जन्म मिति फरक परे पनि सिंहले जन्म मितिमा कीर्ते भने गरेका होइनन्। उनको नागरिकता २०४२ जेठ २२ गते जारी भएको थियो। नागरिकता प्रमाणपत्र जारी हुँदा उनी १८ वर्ष पूरा भएका थिए। तर नागरिकतामा वर्ष मात्रै उल्लेख भएका कारण उनको महिना र गते जारी भएको मिति नै कायम भएको हो। 

२०५० मंसिरमा उनले आवेदन दिएका थिए। आवेदन दिँदा नै उनी २६ वर्ष पूरा भइसकेका थिए। तर उनको सिट रोलमा जन्म मिति २०२५ पुस १६ गते उल्लेख छ। 

यो जन्म मिति अनुसार भने उनी २५ वर्ष पुग्न एक महिना बाँकी थियो। प्रहरी नियमावली २०७१ मा जन्म मितिको बारेमा उल्लेख छ। 
सिंहको नागरिकतामा १८ वर्ष उमेर पूरा भएको मात्रै उल्लेख भएकाले उनको जन्म मिति २०२४ जेठ २२ गते कायम भएको हो।

तर अर्को प्रमाण पत्रमा पूरा जन्म मिति भएको अवस्थामा त्यसलाई आधार मान्ने उल्लेख छ। यस्तो अवस्थामा जन्म मितिको अन्तर एक वर्षभित्रको हुनु पर्नेछ। एक वर्षभन्दा बढीको उमेर अन्तर भएमा भने जुनमा उमेर बढी छ सोहीलाई आधार मान्ने उल्लेख छ। 

सिंहको नागरिकता अनुसार उनी डीआईजी बढुवा नै नहुनु पर्ने हो। एसपी र एसएसपीको उमेर हद ५५ वर्षे छ। एसएसपी हुँदै उनी ५६ वर्ष पुगिसकेका थिए। नागरिकता अनुसार जेठ २२ गते ५५ वर्ष पूरा भइसकेका सिंह गत असारमा डीआईजीमा बढुवा भएका थिए। 

प्रहरी नियमावली अनुसार उनलाई बर्खास्त गर्न सक्ने भएकाले त्यसअघि नै सिंहले राजीनामा दिने तयारी गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।​

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .