ad ad

समाज


धनुषामा प्रहरीको भ्यानबाट हतकडीसहित बलात्कार अभियुक्त फरार

धनुषामा प्रहरीको भ्यानबाट हतकडीसहित बलात्कार अभियुक्त फरार

फाइल तस्बिर।


जयन्त ठाकुर
फागुन १५, २०७९ सोमबार ८:३९, जनकपुरधाम

धनुषामा बलात्कार मुद्दाका एक अभियुक्त हतकडीसहित फरार भएका छन्।

प्रहरीको भ्यानबाट हाम फालेर अभियुक्त फरार भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले नेपालखबरलाई जानकारी दिए। 

धनुषाको सबैला नगरपालिका वडा नम्बर–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया भ्यानबाट हाम फालेर फरार भएका हुन्।

आइतबार जिल्ला अदालत धनुषाबाट सात दिनको म्याद थप गरी  इलाका प्रहरी कार्यालय फर्किदै गर्दा उनी फरार भएको प्रहरीले बताएको छ। 

प्रहरीका अनुसार उनको खोजी कार्य जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .