ad ad

समाज


आफ्नो १० महिनाको तलब वडाध्यक्षले गरिबलाई बाँडे

आफ्नो १० महिनाको तलब वडाध्यक्षले गरिबलाई बाँडे

फाइल तस्बिर


नेपालखबर
फागुन २७, २०७९ शनिबार ५:३२, पर्वत

पर्वतको फलेवास नगरपालिका–९ का वडाध्यक्ष हितमान गुरुङले आफूले पाएको तलबको सम्पूर्ण रकम निम्न वर्गका स्थानीयलाई वितरण गरेका छन्।

गत स्थानीय चुनावमा वडाध्यक्ष जितेपछि राज्यबाट पाउने सेवा सुविधा गरिब, असहाय, अशक्त र निम्न वर्गलाई उपलब्ध गराउने प्रतिबद्धता अनुसार बिहीबार वडाध्यक्ष गुरुङले रकम वितरण गरेका हुन्। 

१० महिनाको तलबबापतको एक लाख २४ हजार रुपैयाँ दीर्घरोगी र निम्न वर्गका २२ जनालाई न्यूनतम तीन हजारदेखि १० हजारसम्म वितरण गरिएको उनले बताए।

‘मैले यसअघि गरेको प्रतिबद्धता अनुसार मेरो सबै तलब वडावासीमा खर्च गर्नेछु’, उनले भने, ‘अबका दिनमा पनि राज्यबाट पाउने सबै खाले सुविधा वडाकै हितमा खर्च गर्ने मेरो प्रतिवद्धता छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .