ad ad

समाज


गोरखामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

गोरखामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

नेपालखबर
फागुन ३०, २०७९ मंगलबार ५:५४, काठमाडौँ

गोरखामा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।

सोमबार साँझ गोरखा बसपार्कबाट हरमटारीचोकतर्फ जाँदै गरेको प्रदेश नं.३–०१–००३ क ६१७० नम्बरको मिनी ट्रक  गोरखा नगरपालिका ६ बिसौनी भन्ने ठाउँमा अनियन्त्रित सडकबाट तल खस्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका–६ घर भएका ३२ वर्षीय विष्णु खड्कासहित दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव निरीक्षक वेदनाथ भण्डारीले जानकारी दिए। अर्का मृतकको परिचय खुलेको छैन। 

दुर्घटनामा गम्भीर घाइते भएका दुबैको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो।

अनियन्त्रित भएको ट्रकले सडकमा गुडिरहेको बा ८६ प १७८५ नम्बरको मोटरसाइकलसहित सडकमा पैदल हिँडिरहेका व्यक्तिहरूलाई पनि लछार्दै तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार बर्दिया घर भएका २८ वर्षीय मंगल चौधरी, गोरखाको शहीद लखन गाउँपालिका–४ का बुद्धिबहादुर नेपाली, शहीद लखन–७ घर भई हाल गोरखा नगरपालिका–९ मा बस्दै आएकी ३० वर्षिया रमला राना मगर, सोही ठाउँका ५९ वर्षीय लालबहादुर गुरुङ, गोरखा नगरपालिका–१० की ४० वर्षीया सावित्री बिक र शहीद लखन गाउँपालिका–६८ वर्षीय नारायण भुजेल घाइते भएका छन्। 

घाइते चौधरी र बुद्धिबहादुर नेपालीलाई थप उपचारको लागि भरतपुर मेडिकल लगिएको छ। 

ट्रक सडकबाट अन्दाजी २० मिटर तल पुगेर जिल्ला ट‍्राफिक कार्यालयको भवनमा ठोक्किन पुगेको थियो। बाँकी घाइतेको गोरखामै उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .