भक्तपुरमा बसले घरमै ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
दुवाकोटस्थित सडक छेउको आफ्नो अस्थायी घरमा बसिरहेका बेला बस घरमै ठोक्किन आउँदा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ६ का हिमबहादुर तामाङको मृत्यु भएको हो।
प्रहरीका अनुसार सरस्वतीखेलबाट खड्काडिलतर्फ जाँदै गरेको बा १ ख ९०९० नम्बरको बस चाँगुनारायण नगरपालिका १ दुवाकोटमा सडक किनारमा रहेको तामाङको अस्थायी घरमा शुक्रबार बेलुका ठोक्किएको हो।
दुर्घटनामा घाइते भएका ३० वर्षीय तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उकालोमा ब्रेक फेल भएर बस घरमा ठोक्किन पुगेको बताइएको छ।
दुर्घटनामा चालक र यात्रु पनि सामान्य घाइते भएका छन्।

प्रतिक्रिया