समाज


घोडा कारसँग ठोक्किएपछि...

घोडा कारसँग ठोक्किएपछि...

नेपालखबर
पुस १९, २०७६ शनिबार ६:५९,

तस्बिरमा देखिएअनुसार घोडाको शरीर कारभित्र छ। त्यसको शिर भने झ्यालबाट बाहिर निस्किएको छ।

प्रहरीहरु कसरी यस्तो दुर्घटना भयो भनेर आश्चर्यमा परेका छन्। डेलीमेलका अनुसार घोडा कारसँग ठोक्किएपछि नै त्यो कारमा अड्किएको थियो।

कारका ड्राइभर रान्चारो भने यस दुर्घटनाबाट बच्न सफल भएका छन्। घोडा कारमा ठोक्किने समयमा ड्राइभर कार छाडेर भागेको जनाइएको छ।

A horse struggled to escape a wrecked car after smashing through its windscreen in Guaynabo, Puerto Rico

प्युर्टोरिकोको आपताकालिन सेवाले दुर्घटना भएको केही समयपछि उक्त घोडाको उद्धार गरेको थियो। घोडाको विभिन्न अंगमा चोट लागेको जनाइएको छ।

यो दुर्घटनाको प्रकृति साह्रै अचम्मको भएको इन्टरनेट प्रयोगकर्ताहरुले सामाजिक सन्जालमा बताइरहेका छन्।

घोडा मालिक माचितो स्वीङले कारमा भएको क्षतिको रकम व्यहारेको जनाइएको छ।

घोडाको घाउ खर्च भने सामाजिक सन्जाल प्रयोगकर्ताले एक अभियान संचालन गर्दै उठाइरहेको जनाइएको छ।

The horse suffered open wounds and bleeding to the side of its body. A campaign to raise funds for the horse's recovery has been set up

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad