नेपाली सेना र अमेरिकी सेनाबीच द्वीपक्षीय सैन्य छलफल सुरु भएको छ।
काठमाडौंमा तीन दिनसम्म चल्ने द्विपक्षीय सैन्य छलफलबाट आगामी वर्ष हुने सैन्य सहकार्यका क्षेत्रहरुको पहिचान हुनेछ।
अमेरिकी सेनाको प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर मेजर जनरल क्रिस्टोफर स्मिथको कमाण्डमा २२ सदस्यीय टोली सहभागी छन्।
नेपालको तर्फबाट उपरथी अशोकराज सिग्देलको नेतृत्वमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव र उपसचिवसहित १४ जना सहभागी रहेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए।
‘ल्यान्ड फोर्स टक’ मुख्य गरी चारवटा विषयमा केन्द्रित हुनेछ। शान्ति स्थापना, विपद व्यवस्थापन, तालिम र विषय विज्ञ आदान प्रदानका विषयमा के गर्न सकिन्छ भनेर दुवै देशका सेनाले प्रस्तुत गर्नेछन्।
यी विषयमा एकअर्कालाई कसरी सघाउ पु¥याउन सकिन्छ, सहकार्यका क्षेत्रहरु पहिचान गर्ने र त्यसका लागि श्रोतको सुनिश्चितता तय हुनेछ।
सुरुमा दुवै देशले आफ्नो तर्फबाट प्रस्तुती गरेपछि अन्तिममा आगामी वर्षका लागि योजना तय हुनेछ। नेपाली सेनालाई आगामी एक वर्षमा अमेरिकी सेनाले गर्ने सहयोग बारे पनि त्यहाँ जानकारी गराइनेछ।
यस्तो छलफल सन् २०१८ देखि हरेक वर्ष आयोजना हुँदै आएको छ। गत वर्ष अमेरिकाको हवाईमा बैठक आयोजना गरिएको थियो।
प्रतिक्रिया