ad ad

समाज


पहाडी भेगमा चट्याङसहित वर्षा हुने सम्भावना

पहाडी भेगमा चट्याङसहित वर्षा हुने सम्भावना

फाइल तस्बिर


नेपालखबर
चैत १५, २०७९ बुधबार ७:१८, काठमाडौँ

आज पनि देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीअनुसार आज दिउँसो देशका पहाडी भेगका एक/दुई ठाउँमा मात्र पानी पर्ने सम्भावना छ।

‘दिउँसोलाई यो ठाउँतिर वर्षाको बढी सम्भावना भनेर तोक्न सकिने अवस्था छैन, पहाडी क्षेत्रका जुनसुकै स्थान (एक/दुई ठाउँ) मा वर्षा हुन सक्छ’, उनले भने, ‘काठमाडौँ उपत्यकामा भने आज पानी पर्ने सम्भावना अत्यन्त न्यून छ।’ 

उनका अनुसार आज रातिलाई भने वर्षा हुने क्षेत्र अलि प्रस्ट छ। राति कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको उनले बताए।

उनका अनुसार भोलि (बिहीबार) बाट भने वर्षा हुने सम्भावना अलि बढ्दै जानेछ। ‘शुक्रबार पानी पार्ने प्रणाली भित्रिने भएकाले भोलिदेखि नै अलि वर्षा बढ्न सक्छ’, मौसमविद् अधिकारीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .