ad ad

समाज


नेपाल प्रहरीका २ डीआईजीको सरुवा, बागमतीमा किरण, लुम्बिनीमा उमेश

नेपाल प्रहरीका २ डीआईजीको सरुवा, बागमतीमा किरण, लुम्बिनीमा उमेश

नेपालखबर
चैत १७, २०७९ शुक्रबार १६:४, काठमाडौँ

नेपाल प्रहरीका २ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालयमा कार्यरत डीआईजी उमेशराज जोशीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ। 

टेकप्रसाद राई एआईजीमा बढुवा भएपछि लुम्बिनी प्रदेश प्रहरी प्रमुख रिक्त रहेको थियो।

यस्तै, किरण राणालाई बागमती प्रदेश प्रहरी कार्यालय सरुवा गरिएको छ। राणा यसअघि साइबर ब्यूरोमा दरबन्दी भइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत थिइन्।

दीपक थापा एआईजीमा बढुवा भएसँगै बागमती प्रदेश प्रहरी प्रमुख रिक्त भएको थियो। 

मधेश प्रदेश प्रमुख पनि रिक्त छ। तर त्यहाँ भने तत्काल कसैलाई पठाउने निर्णय भएको छैन। अन्य दुई प्रदेश कोशी र सूदुरपश्चिममा एसएसपीलाई निमित्त प्रमुखको जिम्मा दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .