कञ्चनपुरमा हिजोदेखि सम्पर्कविहीन भएका १४ जना महिला परिवारको सम्पर्कमा आएका छन्।
आइतबार च्याउ खोज्न भन्दै घर नजिकैको जंगल हिँडेका १४ महिला सम्पर्कविहिन भएका थिए।
उनीहरू आज बिहान परिवारको सम्पर्कमा आएका शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले जानकारी दिए।
भीमदत्त नगरपालिका-१९ को बागफाँटाका उनीहरू आइतबारदेखि घर नफर्किएपछि खोजी कार्य तीव्र पारिएको थियो।
स्थानीयका अनुसार ती महिला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्टबाट निकुञ्जभित्र छिरेका थिए।
च्याउ खोज्न भनेर जंगल पसेका बागफाँटाका सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रीता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार सोमबार परिवारको सम्पर्कमा आएका हुन्।
जिल्ला प्रहरी कार्यालयका एसपी नेत्रमणी गिरीका अनुसार नेपाली सेना र प्रहरीले उनीहरूको खोजी गरेको थियो।
मोवाइलसमेत नबोक्ने ती महिलाको खोजीमा समस्या भएको थियो।
‘सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजीकार्य व्यापाक पारिएको थियो,’ घिमिरेले भने, ‘केहीबेर अघि सबै परिवारको सम्र्पकमा आएका सबै सुरक्षित रहेको खबर प्राप्त हामीले पाएका छौँ।’
त्यसैगरी, आइतबार साझँदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई भने गणका सहसेनानी सुमन जिसी नेतृत्वको टिमले उद्धार गरेको छ।
उनीहरुलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया