चेक बाउन्स अभियोगमा रोल्पाका ठेकेदार खगेन्द्र बुढामगर पक्राउ परेका छन्।
श्री जयन्ती निर्माण सेवा कम्पनीका ठेकेदार मगरलाई २ करोडभन्दा बढीको चेक बाउन्स मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। यो कम्पनी 'क' श्रेणीको हो।
उनीविरुद्ध परिसरमा लाखौं रुपैयाँको ठगी गरेको आरोपमा बैंकिङ कसुरको आरोपमा उजुरी गरेको छ।
उनले लाखौँ ठगी गरेर दिएका चेक बाउन्स भएपछि पक्राउ गरिएको काठमाडौं परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए।
उनलाई काठमाडौं परिसरको हिरासतमा राखिएको छ।
63
Shares
प्रतिक्रिया