समाज


किर्ते नागरिकता बनाएर मनि ट्रान्सफरबाट रकम निकाल्दै गर्दा पक्राउ

किर्ते नागरिकता बनाएर मनि ट्रान्सफरबाट रकम निकाल्दै गर्दा पक्राउ

नेपालखबर
पुस २१, २०७६ सोमबार ११:२९,

बाराको ​कलैया उपमहानगरपालिकास्थित कलैया बजारबाट किर्ते नागरिकता बनाई विभिन्न व्यक्तिको नाममा मनि ट्रान्सफरबाट पैसा निकाल्दै गरेको अवस्थामा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
​पक्राउ पर्नेहरुमा रौतहट गरुडा नगरपालिका–४ बस्ने २६ वर्षीय सुरेन्द्र साह र गढीमाई नगरपालिका गमरिया टोल बस्ने श्याम चौधरी रहेका छन्। उनीहरुले सिम्रौनगढ नगरपालिका कचोर्वा घर भई हाल मलेशिया बस्ने कृष्ण साहसँग मिली किर्ते नागरिकता बनाई शिवम मनि ट्रान्सफरबाट ९५ हजार रुपैयाँ निकाल्दै गरेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो।

साथै उनीहरुले प्रसौनी गाउँपालिका–६ प्रस्टोका बस्ने एक व्यक्तिको नाममा न्यू एशियन मनि ट्रान्सफरबाट १ लाख रुपैयाँ र खजान टोल बस्ने एक व्यक्तिको नाममा आरके ईण्टरप्राईजेजबाट ६० हजार रुपैयाँ निकालेको अनुसन्धानबाट खुल्न आएको छ।

​यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .