नागरिकता कानुनविरुद्धको आन्दोलनमा सहभागी भएका जर्मन विद्यार्थी ज्याकोब लिडेन्थललाई भारतको अध्यागमन विभागले देश छाड्न आदेश दिएको थियो।
ज्याकोब लिडेन्थलले भारत सरकारले पारित गरेको नागरिकता कानुनको विरुद्धमा स्थानीयसँगै प्रदर्शन गरेका थिए। उनले मोदी सरकारको विरोध स्वरुप प्लेकार्ड बोकेका थिए।
उक्त कानुन मुसलमान विरोधी भएको भन्दै मुसलमान समुदायले त्यहाँ सरकारको विरोध गरिरहेका छन् भने स्थानिय नागरिकले नयाँ कानुनले ठूलो संख्यामा आप्रवासी देशमा भित्रिने हुँदा आफूहरु चेपुवामा पर्ने भन्दै सरकारको विरोध गरिरहेका छन्।
यसबीचमा जर्मनका विद्यार्थी जो भारतमा फिजिक्स अध्ययन गरिरहेका थिए उनी पनि सरकारविरुद्धको आन्दोलनमा सहभागी भएका थिए।
ज्याकोब लिडेन्थल आन्दोलनमा सहभागी भएसँगै उनलाई भारतको अध्यागमन विभाले देश छाड्न आदेश दिएको थियो। उनी हालै जर्मनी फर्किएका हुन्।
It has come to our notice that, Jakob Lindenthal, an MS exchange student from Germany in the department of Physics at IIT Madras has been asked to leave the country by the immigration department due to his participation in the anti CAA protests. pic.twitter.com/fKSgmkK0A0
— ChintaBAR (@ChintaBAR) December 23, 2019उनी मद्रासको आइआइटी क्याम्पसमा अध्ययनरत छात्र थिए। अध्यागमन विभागले उनलाई स्वदेश फर्काएपछि उनी भारत सरकार नाजी चरित्रको भएको बताउँछन्।
उनले भने‘मैले नैतिक समर्थन गर्दै आन्दोलनमा सहभागी भएको थिए।’ ज्याकोब लिडेन्थलले अब जर्मनीमै पढाई पुरा गर्ने बताएका छन्।
यद्यपी भारतमा बनेका साथीहरुका सम्झना आइरहने उनी सुनाउँछन्।
भारतको संसद्ले गैरकानुनी रूपमा अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट आउने गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने प्रावधान भएको नागरिकता विधेयक पारित गरेपछि त्यहाँ विवाद मच्चिएको हो।
प्रदर्शनका क्रममा २० भन्दा बढीको मृत्यु भइसकेको छ। एजेन्सी


प्रतिक्रिया