समाज


कोरोना संक्रमणबाट एकैदिन २ जनाको मृत्यु

कोरोना संक्रमणबाट एकैदिन २ जनाको मृत्यु

नेपालखबर
बैशाख ५, २०८० मंगलबार १७:३१, काठमाडौँ

कोरोना भाइरस संक्रमणका कारण मंगलबार एकैदिन २ जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार २५ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको हो। 

दुई हजार २९२ जनाको स्वाव परीक्षण गदौ थप एक सय ७१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

हाल देशभर तीन सय ९७ जना सक्रिय संक्रमितहरू रहेका छन्।

तीमध्ये संस्थागत आइसोलेसनमा २२ जना आइसीयूमा ८ जना र ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad