समाज


बालाजुस्थित कोतः धुक आयल स्टोर सिल

बालाजुस्थित कोतः धुक आयल स्टोर सिल

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १३:४४, काठमाडौँ

काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतः धुक आयल स्टोर नामको पेट्रोल पम्प सिल गरेको छ।

बिहीबार बिहान काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले पेट्रोल पम्प सिल गरेको हो।

सोह्रखुट्टेबाट बालाजु चोकतर्फ जाँदै गर्दा विष्णुमती खोलाको पुल सकिनेबित्तिकै बाँयातर्फ रहेको उक्त पेट्रोल पम्प मापदण्डविपरीत भएको पाण्डेले बताए।

उक्त पेट्रोल पम्प साढे ४ तले घरको भुइँतल्लामा छ।

आयल निगमले उक्त पेट्रोल पम्पसहित महानगरका १८ पेट्रोल पम्प हटाउने निर्णय गरेको थियो।

तर निगमले उक्त पेट्रोल पम्प हटाउन सकेको थिएन।

केही समयअघि मात्रै उक्त पेट्रोल पम्पका कारण असुरक्षा बढेको उजुरी परेपछि महानगरले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमबाट जानकारी लिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .