दार्चुलामा दूर्लभ जडीबुटी यार्सागुम्बा खोज्न गएका ९ जना हिमपहिरोमा परेको आशंका गरिएको छ।
मंगलबार दिउँसो पौने ३ बजेको समयमा दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा यार्सागुम्बा खोज्न गएका करिब ९ जना स्थानीयबासी त्रिपालमा बसिरहेको अवस्थामा हिम पहिरोले पुरिएको खबर आएको सशस्त्र प्रहरीले जनाएको छ।
त्रिपालमुनि बसिरहेका बेला उनीहरु हिमपहिरोमा परेको आशंकासहितको खबर आएपछि अहिले सशस्त्र प्रहरी बलको टोली त्यसतर्फ गएको छ।
सशस्त्र प्रहरी बल हलचोकका अनुसार ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमान्डमा ३० जनाको टोली उक्त इलाकातर्फ गएको छ।
24
Shares
प्रतिक्रिया