समाज


युवक हत्याको विरोधमा प्रदर्शन चर्केपछि १० सेल अश्रुग्याँस प्रहार

युवक हत्याको विरोधमा प्रदर्शन चर्केपछि १० सेल अश्रुग्याँस प्रहार

नेपालखबर
पुस २५, २०७६ शुक्रबार ५:३८,

धनुषामा टिपरले किचेर एक युवकको हत्या गरिएको विरोधमा आन्दोलन चर्केपछि प्रदर्शनकारीलाई तितरवितर पार्न १० सेल अश्रुग्याँस प्रहार गरिएको छ।

अवैधरुपमा खोला उत्खननको विरोध गर्ने धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका ओमप्रकाश भनिने २४ वर्षीय दिलीपकुमार महतोको टिपरले ठक्कर दिँदा मृत्यु भएको हो।

शुक्रबार बिहान अन्दाजी पाँच बजे छिमेकी साथी रोशन यादवसँग मर्निङवाक गएको बेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले ठक्कर दिँदा उनको मृत्यु भएको हो।
प्रहरी अधिकारी र स्थानीय प्रत्यक्षदर्शीले लामो समयदेखि उत्खननको विरोध गर्दै आएका महतोको नियोजित रुपमा हत्या गरिएको बताएका छन्।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना लगतै प्रहरी पुगेर शव बरामद गरेको छ। टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले घट्नास्थलमा मुचुल्का नउठाई र परिवारका सदस्यलाई हेर्नसमेत नदिई शव घट्नास्थलबाट उठाएर अस्पताल लगेको घट्नाक्रमप्रति परिवारले आशंका व्यक्त गरेको छ।

क्रसर उद्योगीले मृतकका बुवालाई छोरालाई क्रसर उद्योगको विरोध नगर्न भनी सम्झाउन दबाब दिएको परिवारका सदस्यले दाबी गरेका छन्।

खोला अवैध उत्खननको विरोध गर्ने युवकको एकाबिहानै टिपरले किचेर हत्या

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad