पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन्।
किशोरीलाई करणीमा संलग्न भएको आरोपमा मिक्लाजुङ गाउँपालिका–४ का ५७ वर्षीय वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन्।
प्रहरीका अनुसार पुस १९ गते राति झ्यालबाट छिरेर गई गहतराजले किशोरीलाई बलात्कार गरेका हुन्।
किशोरीले भनिन्, “भाइहरुसँग सुतेको थिएँ, झ्यालबाट छिरेर उनले मुख र हात समातेर बलात्कार गरे।”
गहतराजलाई पुस २१ गते पक्राउ गरी मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए।
पीडित किशोरीको अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ। विपन्न परिवारकी ती किशोरीले विभिन्न प्रलोभनमा पारेर मुद्दा मिलाउन आफूलाई दवाव दिइरहेको बताएकी छिन्।
3
Shares

प्रतिक्रिया