रुसले एक अत्याधुनिक क्षेप्यास्त्र परीक्षण गरेको छ। क्रिमियानजिकै काला सागरमा गरिएको सैन्य अभ्यासमा सो हाइपरसोनिक क्षेप्यासत्र परीक्षण गरिएको थियो। जसको निरीक्षण राष्ट्रपति भ्लादिमिर पुटिनले गरेका थिए।
सो सैन्य अभ्यासमा विमानबाट प्रहार गर्न मिल्ने किन्जल ब्यालिस्टिक क्षेप्यास्त्र अभ्यास गरिएको थियो। सैन्य अभ्यासमा ३० जहाज, ४० विमान र एउटा पन्डुब्बी सहभागी भएको रुसको तास समाचार संस्थाले जनाएको छ।
दुई वटा मिग–३१के लडाकु विमानले किन्जल क्षेप्यास्त्र प्रहार गरेका थिए।
हाइपरसोनिक भनेको आवाजभन्दा ५ गुणा बढी गतिमा उड्ने हतियार हो। अर्थात् यो प्रतिघण्टा कम्तीमा ६ हजार १ सय ७३ किमि गतिमा उड्छ।
किन्जल क्षेप्यास्त्र प्रहार भएपछि पहिलो अन्तरीक्षमा पुग्छ र फेरि वायुमण्डलमा फर्केर विमानझैँ निश्चित मार्गमा अत्यन्त तीव्र गतिमा उड्छ। जमिनको सतहको नजिकैबाट उड्ने भएकाले राडार तथा प्रतिरक्षा प्रणालीले यसलाई तत्काल फेला पार्न मुस्किल हुन्छ।
डिसेम्बरको अन्त्यमा पुटिनले हाइपरसोनिक हतियारमा अमेरिकालाई आफूहरुले उछिनेको घोषणा गरेका थिए। एजेन्सी

प्रतिक्रिया