समाज


सूर्यविनायकको चुनदेवीस्थित सोफा उद्योगमा भीषण आगलागी (भिडिओ)

सूर्यविनायकको चुनदेवीस्थित सोफा उद्योगमा भीषण आगलागी (भिडिओ)

नेपालखबर
बैशाख ३१, २०८० आइतबार २०:२७, काठमाडौँ

भक्तपुरको सूर्यविनायक नगरपालिका–५ स्थित एक फर्निचर कारखानामा भीषण आगलागी भएको छ। 

सोफा उद्योगमा ठूलो आगो देखिएपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए। 

अहिले प्रहरीको टोलीसहित ५ वटा दमकल प्रयोग गरेर आगो निभाउने काम भइरहेको छ। 

प्रहरीका अनुसार घटना कसरी भयो भन्नेबारे थाहा भएको छैन। 

‘चुनदेवी भन्ने ठाउँमा आगलागी भएको हो, अहिले नियन्त्रणको प्रयास भइरहेको छ,’ भक्तपुर प्रहरीका एसपी प्रजित केसीले भने, ‘हाम्रो ५ वटा दमकल पुगिसकेको छ। नियन्त्रणको प्रयास जारी छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .